Logo

रुसको एउटा वृद्धाश्रममा आगलागी: २० जनाको मृत्यु



रुस, ९ पुस । रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राति भएको आगलागीबाट दुई तले काठको भवनको पूरै तल्ला जलेर नष्ट भएको छ । दर्जनौं दमकलको सहयोगमा बिहान मात्र आगो निभाइएको थियो । रुसी सञ्चारमाध्यम टासका अनुसार पानी तताउने भाडो धेरै तातो भएपछि आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्