Logo

रुसको कब्जामा रहेको क्राइमियामा अर्को विस्फोट



रुस, १ भदौ । रुसको कब्जामा रहेको क्राइमियामा लगातार विस्फोटका घटना भएका छन् ।

क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ ।

क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भएलगत्तै अर्को पनि विस्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ क्षेत्रमा विस्फोट भएको बताएका छन् । विष्फोटका कारण झण्डै तीन हजार मानिस विस्थापित भएका छन् । घटनामा मानवीय क्षति नभएको बीबीसीले जनाएको छ ।

रेलवे स्टेशनमा क्षति पुगेको छ । यो विस्फोटको घटना युक्रेनले गराएको रुसले आरोप लगाएको छ । गएको हप्ता ब्ल्याक सी क्षेत्रमा रूसी लडाकु विमानमा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्