युक्रेन, ४ साउन । रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ ।
लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो ।
युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले जनाएको छ । रुसले ब्ल्याक सीमा रहेका युक्रेनको बन्दरगाहमा लक्षित आक्रमण गरिरहेको युक्रेनको आरोप छ ।
यसअघि रुसले युक्रेनको खाद्यान्न निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो । रुसले खाद्यान्न निकासी गर्ने सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि विश्वर मूल्यवृद्धि हुने र केही देशमा खाद्य सङ्कट निम्तिन सक्ने चेतावनी दिइएको छ ।







