Logo

रुसको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गयो



युक्रेन, २१ भदौ । रुसले गरेको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।

युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले हिजो मिसाइल आक्रमण गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

कोस्त्यान्तिनिभ्का सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ । दोनेत्स्कमा ७० हजार मानिसको बसोबास छ । रुसले पछिल्लो आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्