अमेरिका, १९ असोज । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच ‘प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको’ मस्कोले चेतावनी दिएको छ ।
अमेरिका अहिलेको ‘द्वन्द्वको एउटा पक्ष’ भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि ‘सीधा खतरा’ भएको बताए ।
अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ ।
अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ ।