Logo

रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा



फाइल तस्बिर

रुस, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन् ।

उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा हुने बताए ।

त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन् ।

उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्