युक्रेन, ९ भदौ । रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ ।
आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।
पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ । अधिकारीहरुका अनुसार त्यहाँ चार वटा गाडी जलेका छन् भने हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन रेल स्टेशनमा मिसाइल आक्रमण भएको हो ।
युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको जानकारी दिँदै ५० जनाभन्दा बढी घाइते भएको बताए । आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ ।