काठमाडौँ, २२ पुस । रुसी रक्षामन्त्रालयले युक्रेनमा ‘एकतर्फी’ युद्धविरामको घोषणा गरेका छन् । रुसी रक्षामन्त्रालयल एकतर्फी रुपमा शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि युद्धविराम घोषणा गरेको छ । मन्त्रालयले अर्थोडक्स क्रिसमसको अवसरमा युद्धविराम गरिएको जनाएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम गर्न पटिनलाई अपिल गरेका थिए । एक साता अघि रुसका आध्यात्मिक नेता प्याट्रिआर्क किरिलले अर्थोडक्स क्रिसमस युद्धविरामका लागि युद्धविराम प्रस्ताव गरेपछि एर्दोगानले युद्धविरामको आह्वान गरेका हुन् । बिहिबार एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच टेलीफोन वार्ता भएको विविन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीले दुई चरणको शान्ति वार्ताको मध्यस्थता गर्दै संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा ब्ल्याक सी हुँदै खाद्यान्न आपुर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो । एर्दोगानले पुटिन र जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलन गर्न टर्की ल्याउने प्रयास पनि गरेका छन् ।
एर्दोगानले रुसमाथि पश्चिमा प्रतिबन्धमा सामेल हुन अस्वीकार गरेर र युद्धको समयमा द्विपक्षीय व्यापार बढाउन अस्वीकार गरेर पुटिनसँग राम्रो सम्बन्ध कायम राख्न सफल भएका छन् ।
दुई नेताले अब टर्कीमा एक प्राकृतिक ग्यास भण्डारण केन्द्र स्थापना गर्ने अस्थायी योजना बनाएका छन् जसले रूसलाई युरोपलाई ईन्धन आपूर्ति गर्ने वैकल्पिक तरिका प्रदान गर्न सक्दछ ।
एर्दोगानको कार्यालयले टर्कीद्वारा प्रस्तावित ग्यास भण्डारण केन्द्रको ‘पूर्वाधार निर्माण’लाई बलियो बनाएको छ र यसलाई आगामी दिनमा थप बलियो बनाउन पहल जारी राख्ने’ बताए ।







