Logo

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र र ड्रोन आक्रमण



युक्रेन, २८ माघ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ ।

पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताएका छन् ।

रुसले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणको निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्त रुसको निशानामा परेका छन् । आफ्नो ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूको आरोप छ ।

युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्