Logo

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार



काठमाडौँ, ५ वैशाख । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुई वटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ । रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन् । यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।

नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो । सो कम्पनीका तर्फबाट काठमाडौँस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए ।

नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ । रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए । सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो । अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्