Logo

रुसमा वाग्नर समूहद्वारा विद्रोह स्थगित



रुस, १० असार । रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ ।

वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ ।

यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।

प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गरेका छन् ।

हिजो वाग्नर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो । योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिएका थिए । रूसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्