Logo

रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍याे



रुस, ५ असार । रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ ।

रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजप्रोमले आज आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ । ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ ।

रुसले आपूर्तिमा रोक लगाउने क्रम जारी राखेमा इटलीले अर्को हप्ता नै नागरिकलाई ग्यासको खपत कम गर्न आग्रह गर्न सक्ने वा कोटा तोक्न सक्ने सम्भावना छ । रुसबाट ग्यास आपूर्तिमा कमी आएसँगै इटलीले उद्योग प्रयोग कम गर्ने, कोइला पावर प्लान्टको क्षमता बढाउने र रुसबाहेकका निर्यातकर्तासँग ग्यासका लागि अनुरोध गर्न सक्ने पनि खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्