Logo

रुसले युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने



युक्रेन, ७ वैशाख । रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् ।

युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् ।

पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्याङ्क र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीले जनाएको छ ।

अमेरिकाले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको छ । त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले पनि प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरेकी छन् ।

गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको रुसले केही दिनदेखि पूर्वी युक्रेनमा आक्रमण तीब्र पारेको छ । युक्रेनले प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन आफ्ना साझेदार देशहरूलाई आग्रह गर्दै आएको छ । तर रुसले युक्रेनलाई सहयोग गर्ने देशहरुले युद्धलाई थप लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्