Logo

रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्‍यो: बाइडेन



अमेरिका, ६ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।

उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरेका छन् ।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।

यसले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिको हस्ताक्षरकर्ताको रूपमा आफ्नो राष्ट्रको जिम्मेवारीहरूको लागि लापर्बाही देखाएको उनको भनाइ छ ।

बाइडेनले आगामी हप्ता रुस नियन्त्रित क्षेत्रमा हुन लागेको जनमतसंग्रह नक्कली भएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्