Logo

रुसी आक्रमणको निसाना सम्पूर्ण युरोप हो: जेलेन्स्की



युक्रेन, २७ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्पूर्ण युरोप रुसी आक्रमणको निसाना भएको बताएका छन् ।

जेलेन्स्कीले रुसको आक्रमण युक्रेनमा मात्र सीमित नभएको बताए ।

रुसको बल प्रयोग एउटा विपत्ति भएको र त्यसले निश्चित रूपमा सबैलाई असर गर्ने उनको भनाइ छ । उनले देशको पूर्वी भागमा ठूलो संख्यामा तैनाथ भएका रुसी फौजसँग कडा लडाईंका लागि युक्रेन तयार रहेको पनि बताएका छन् ।

“यो कडा लडाईं हुनेछ, हामीले यो लडाईं र हाम्रो जीतमा विश्वास गछौँ । हामी एकैसाथ लड्न र युद्ध अन्त्य गर्न कूटनीतिक तरिकाहरू खोज्न तयार छौँ,” उनले थपे ।

युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले भने देशको पूर्वी क्षेत्रमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नभेट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्