रुस, १४ असोज । रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेको कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ ।
शुक्रवार भएको आक्रमणमा परि कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।
यस आक्रमणमा परि २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् ।
जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किएभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् ।