Logo

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण



काठमाडौं, ३० कात्तिक । युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ।

युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ।’

युक्रेनले सन् २०२२ देखि क्रेमलिनको आक्रमणमा रुसभित्र नियमित रूपमा मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ।

रियाजानका गभर्नर पावेल माल्कोभले रुसी हवाई प्रतिरक्षाले रातको समयमा २५ वटा युक्रेनी ड्रोन खसालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्