Logo

रुसी विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त



अमेरिका, १ चैत । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ ।

यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ ।

ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ ।

रुसले ड्रोनको ‘आकस्मिक चाल’का कारण दुर्घटनाग्रस्त भएको बताएको छ । उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्