Logo

रुसी सेनामा भर्ती भएका थप ४ नेपालीको मृत्यु, मर्ने नेपालीको सङ्ख्या ४० पुग्यो



काठमाडौं, १७ भदौ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बू, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको सङ्ख्या ४० पुगेको छ । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो।

असार १० सम्मको तथ्याङ्क अनुसार मृत्यु हुनेको सङ्ख्या ३४ थियो। त्यसपछि थप दुई जना सन्जोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो। त्यसपछि थप चार जनाको मृत्यु भएको हो।

‘उनीहरूको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन। व्यक्तिमात्रै पत्ता लागेको छ। उनीहरूको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘हामी सम्बन्धित निकायहरूसँग सोधपुछ गरेर काम गरिरहेका छौँ।’

रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ४० नेपालीको नामावली

१. राजकुमार रोका–दोलखा

२. सुक्रबहादुर तामाङ–काठमाडौं

३. भरतबहादुर शाह–काठमाडौं

४. देवन राई–कास्की

५. प्रितम कार्की–स्याङ्जा

६. गंगराज मोक्तान–इलाम

७. रुपक कार्की–कपिलवस्तु

८. सन्दीप थपलिया–गोरखा

९. कुन्दनसिंह नगाल–दार्चुला

१०. हरिप्रसाद अर्याल–स्याङ्जा

११. राजकुमार गिरी–धादिङ

१२.धनसिंह पुन–रोल्पा

१३. पूर्णबहादुर गुरुङ–धादिङ

१४. सुन्दर मुक्तान–रसुवा

१५. गंगाराम अधिकारी–झापा

१६. पदमबहादुर घिमिरे–उदयपुर

१७. सन्जय केसी–बाँके

१८. नबीन शाही–जाजरकोट

१९. जितबहादुर विक–वाग्लुङ

२०. अनितकुमार साह–महोत्तरी

२१.खगेन्द्र राईका मगर–धनकुटा

२२. बिरवल राई–संखुवासभा

२३. बलराम गुरुङ–रुकुम

२४. तेजबहादुर शाही–दैलेख

२५. सुरेन्द्र राना– जुम्ला

२६. लालबहादुर बुढा–रुपन्देही

२७. राजु थारु–

२८. फुर्वा शेर्पा–दोलखा

२९. सुरज विक–स्याङ्जा

३०. नेत्रबहादुर घर्ती– धादिङ

३१. शंकर दमाई–गुल्मी

३२. साजन गुरुङ–लमजुङ

३३. शान्त बहादुर भोलान– सिन्धुली

३४. घनश्याम परियार

३५. संजोक आचार्य

३६. नवीन शाही

३७. विमल लिम्बु

३८.बिक्रम चौधरी

३९.डोमबहादुर आले

४०. सुवास थापा

युक्रेनी सेनाको कब्जामा ७ नेपालीहरु

१. विवेक खत्री–बर्दिया

२. सिद्धार्थ ढकाल–काभ्रे

३. विकास राई–मोरङ

४. प्रतीक पुन–रोल्पा

५. सुजन सुवेदी–चितवन

६. ईश्वर लामिछाने– गोरखा

७. मदन दाहाल (जिल्ला खुलेको छैन)

स्रोतः परराष्ट्र मन्त्रालय

प्रतिक्रिया दिनुहोस्