Logo

रुसी सेनामा भर्ती भएका परिवारले सिंहदरबार अगाडि गरे प्रदर्शन



काठमाडौँ, १९ चैत । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सोमबार उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउन, युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउन र वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।

उनीहरुको अन्य मागमा रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने, प्रलोभनमा पारि रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्नुपर्ने, नेपालीहरुको उद्दार नभइसकेको अवस्थामा रुस जाने श्रम स्विकृति तत्काल खारेज गर्नुपर्ने, पीडित परिवारको उद्दार, राहत र पुन:स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्