Logo

रुस-युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा



हङ्गेरी, १२ जेष्ठ । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेका हुन् ।

उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताएका छन् ।

बुधबारदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो अभाव र महङ्गी न्यूनीकरणका लागि सहयोग पुग्ने हङ्गेरी सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्