Logo

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै कांग्रेसका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र



काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता-कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन् ।

कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्