रुपन्देही, १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताउनुभयो।
मृतक घरमा एक्लै बस्ने गरेको र स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी कार्कीले बताउनुुभयो।
‘घरको बरन्डामा आज बिहान ८स् १५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ’ डिएसपी कार्कीले भन्नुभयो।