रूपन्देही, २ असोज । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका-९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो ।
विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।







