Logo

रूसनिकट रहेको भन्दै जेलेन्स्कीद्वारा ११ दल निलम्बनमा



काठमाडौँ, ६ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ११ राजनीतिक दलका गतिविधि निलम्बन गर्न आदेश दिएका छन् ।

रूससँग सम्बन्ध राखेको भन्दै उनले प्रतिबन्ध लगाएका हुन् । यीमध्ये सबैभन्दा ठूलो दल ‘अपोजिसन प्लाटफर्म फर लाइफ’ हो ।

४५० सदस्यीय युक्रेनी संसद्‌मा यो दलका ४४ सिट छन् । उक्त दलका नेता भिक्तर मेदभेदचुकको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको छ । पुटिन मेदभेदचुककी छोरीका ‘गडफादर’ हुन् । प्रतिबन्धित सूचीमा येभनी मुरायेभको नेतृत्वमा रहेको नाशी पार्टी पनि छ ।

यसैगरी पार्टी अफ शारिया‚ लेफ्ट अपोजिशन‚ यूनियन अफ लेफ्ट फोर्सेज‚ स्टेट‚ प्रोग्रेसिभ सोसियलिस्ट पार्टी युक्रेन‚ सोसियलिस्ट र भ्लादिमिर साल्दो ब्लक पनि उक्त सूचीमा छन् ।

रूसले युक्रेनमा आक्रमण गर्नुअघि बेलायती अधिकारीले रूसले मुरायेभलाई युक्रेनको नेता बनाउन चाहेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्