रुस, २ मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन् ।
नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अतुलनीय स्तरमा पुगेको बताउँदै द्विपक्षीय सम्बन्ध रचनात्मक रहेको र यसले विश्वव्यापी स्थिरतामा योगदान पु¥याएको बताएका हुन् ।
राष्ट्रपति पुटिनले रूस र चीनबीचको सांस्कृतिक आदानप्रदान र पारस्परिक सम्बन्धबिना रूस र चीनबीच समन्वयको व्यापक रणनीतिक साझेदारी निर्माण गर्न असम्भव हुने पनि उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सांस्कृतिक, शैक्षिक र खेलकुदलाई सधैं ठूलो महत्व दिँदै आएका छन् । पुटिनले रूसी र चिनियाँ जनता एकअर्काको संस्कृतिप्रति गहिरो चासो राख्ने गरेको पनि बताए । “मलाई विश्वास छ रूस-चीन संस्कृति वर्ष २०२४/२५ पूर्ण सफल हुनेछ,” राष्ट्रपति पुटिनले भने ।







