Logo

रेनु दाहाल चढेकाे गाडी दुर्घटना



काठमाडौँ, १३ जेष्ठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ ।

दाहाल चढेको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्