मेचीनगर, ३ असार । भारतमा रेल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ ।
झापाको काँकडभिट्टा-पानीटंयाकी सीमानजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।
बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ । रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।







