काठमाडौं, २२ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काडभिट्टा-इनरुवा खण्डका रेल प्रभावीतलाई तत्काल वजेटको व्यवस्था गरी मु-आव्जा वितरण गर्न सरकारसंग माग गर्नुभएको हो ।
करिव १५ हजार घरपरिवारको घर-जग्गा ५ वर्ष देखि रोक्का राखिएको छ, अध्यक्ष लिङ्देनले भन्नुभयो, “मानिसले अंशवण्डा गर्न पाएका छैनन्, वैंकमा जग्गा धितो राखेर स्वदेश-विदेशमा छोराछोरी पढाउन पाएका छैनन्, यो वर्ष पनि मुआव्जा वितरणको लागि वजेटको कुनै व्यबस्था भएन, कि पर्याप्त वजेटको व्यबस्ता गरेर सरकारले जग्गा लिनु पर्यो, कि हैन सकिन्न भने रोक्का जग्गा फुकुवा गरीदिनु पर्यो ।”
जनताको समपत्ति रोक्का गरेर रेलवे प्रभावितको समस्या थाहा नपाए जस्तो गरेर वस्न सरकार नमिल्ने वताउदै उहाले रेलवे प्रभावितको समस्या समाधानमा गम्भिर वन्न सरकारलाई सुझाव दिनुभयो ।
प्रतिनिधि सभाको शून्य समयमा वोल्दै सांसद एलपि साँवा लिम्बुले पनि आवस्यक वजेटको व्यबस्था गरी तत्काल मुआव्जा वितरणको प्रक्रिया थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
२०७७ जेठ २४ गते सार्वजनिक सुचना मार्फत काकडभिट्टा-इनरुवा खण्डमा पर्ने झापा,मोरंग र सुनसरीका ६३ वटा वडामा पर्ने करिव १५ हजार कित्ता जग्गा रोक्का राखेको सरकारले आगामी आर्थीक वर्ष २०८१/८२ मा पनि मुआव्जा वितरणको लागि वजेट विनियोजन गरेको छैन ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले रेलवे आयोजनाका लागि जग्गा रोक्का राखेर मुआव्जा दिने भनिएको भएता पनि ४ वर्ष भईसक्दा पनि प्रभावितले मुआव्जा पाउन सकेका छैनन्