Logo

रेशम चौधरी पक्राउमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक कुनै पूर्वाग्रह होइन : गृहमन्त्री (भिडिओ)



काठमाडौं, २५ बैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु कुनै पूर्वाग्रह नभएको बताउनु भएको छ।

आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको बताउनु भएको हो ।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’

उनले घटनाप्रति दुःख व्यक्तसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्