Logo

रोङको अध्यक्षमा कांग्रेसका तामाङ विजयी, उपाध्यक्षमा एमालेकी भुजेल निर्वाचित



इलाम, ४ जेष्ठ । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् ।

सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउदा निकटतम प्रतिद्वन्दी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् ।

६ वटा वडा रहेको रोङ गाउँपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार १ वटा वडामा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्