Logo

रोङ-१ मा कांग्रेसका खड्का विजयी



इलाम, १ जेष्ठ । रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् ।

एमालेका उम्मेद्वार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि विजयी भएका हुन् ।

मनोहरिले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत पाएका छन् । अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपाली बाहेक सबै पद नेपाली काग्रेसले हात पारेको छ ।

वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा विजयी भएका हुन् ।

त्यसैगरी वडा नम्बर १ को मत गणना सकिँदा गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका उम्मेद्वार सुवास तामाङले २ सय १३ मतको अग्रता लिएका छन् । एमालेको मेहरमान तामाङले ४ सय ८४ मत ल्याउँदा नेपाली कांग्रेसका सुवास तामाङले ६ सय ९७ मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्