Logo

रोनाल्डोको पेनाल्टी गोलमा अल नासर च्याम्पियन्स कपको फाइनलमा



काठमाडौँ, २५ साउन । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १-० ले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका हुन् ।

बुधबार नै भएको अर्को सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अब शनिवार उपाधिका लागि हिलाल र अल नासरबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्