काठमाडौँ, ४ मंसिर । रौतहटको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली चलेपछि मतदान स्थगन भएको छ ।







