रौतहट, ८ पुस । रौतहटको गुजरा नगरपालिका-९ अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
मोटरसाइकल चालक गुजरा-१ मनहर्वाका ३२ वर्षीय तुफानी माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकि माझी पनि घाइते भएका छन् । उनको चन्द्रपुर अस्पतालमै उपचार भइरहेको छ ।
गएराति करिब साढे १ बजे तुफानीले चलाएको ना४०प ५०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानीपुरले जनाएको छ ।






