Logo

अर्जुनधारामा पिङ खेल्ने क्रममा झुन्डिएर एक बालकको मृत्यु



झापा, ५ भाद्र । झापाको अर्जुनधारामा पिङ खेल्ने क्रममा झुन्डिएर एक बालकको मृत्यु भएको छ ।

अर्जुनधारा ११ पुष्पलाल चौक बस्ने नेत्रप्रसाद सिवाका छोरा १० वर्षीय प्रदीप सिवाको सारीको पिङ बनाएर खेल्दै गर्दा झुन्डिएर मृत्यु भएको हो ।

सिवा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए । सिकिस्त अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्