Logo

इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड



 

बेलायत, ७ पुस । इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् ।

सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् ।

बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी समेत बनेकी छिन् ।

२७ वर्षीय बेथले इङ्ल्यान्डलाई सन् २०२२ को महिला युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् । इङ्ल्यान्डले महिला फुटबलको पहिलो मुख्य उपाधि जित्दा उनले ४ गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्