Logo

‘लकडाउन’ले ठप्प फुङ्लिङ बजार



ताप्लेजुङ, १२ चैत । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुरु गरिएको लकडाउनको दोस्रो दिन बुधबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार थप शान्त र ठप्प भएको छ । केही तरकारी तथा फलफूलका बाहेक अन्य पसलहरु पूर्णरुपमा बन्द छन् भने सवारी साधन नगुड्दा र बाहिर मानिसको हिँडडुल नभएकाले फुङ्लिङबजार शान्त र ठप्प भएको हो ।

पहिलो दिन मङ्गलबार बजारमा केही मानिसहरुको चहलपहल रहेको थियो भने फाट्टफुट्ट सवारी साधनहरु पनि चलेका थिए । लकडाउनको पूर्णरुपमा पालना गर्न स्थानीय प्रशासनले गरेको आग्रह र बिस्तारै नागरिक आफैं सचेत हुँदै गएसँगै बजार शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । प्रजिअ निरौलाका अनुसार अत्यावश्यकीय सवारी साधनबाहेक अरु सार्वजनिक तथा निजी कुनै पनि साधनहरु चलेका छैनन् भने अनावश्यक मानिसको जमघट र हिँडडुल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्