Logo

लखनउको एक होटलमा आगलागी: दुई जनाको मृत्यु, दश जना घाइते



भारत, २० भदौ । उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्