Logo

‘लखनकी आमा’

कविता



संसारको सारा दुःखलाई बिर्सेर
भोक प्यास अनि पिडा र बेदनाहरुलाई
भविष्यको सुखद कल्पनासँग धितो राखेर
सुदुर भविष्यको सहाराको आशा सँगै
कलेजोको टुक्रा झै सन्तानलाई
जन्म दिएर मुसुक्क हासेकी थिइन् उसकि आमा ।।

अध्यारो कुनामा बसेर भन्दै थिइन आमा
मेले पिठ्युमै हुर्काएकी थिए
पानी पिएर आफुले दुध पिलाएकी थिए
सिंगाने बुलाकी बेचेर स्कुल दाखिला गरे
रसिला आँखा बनाउँदै भन्दै थिइन्
मेरो बैशाखी जवान भएको थियो ।।

गुरुले केके पढाए
अरुले जेजे सिकाए
तर, मैले झुक्न र लुक्न सिकाइन
दुनियाँ अगाडी पिठ्यु देखाउन सिकाइन
त्यसैले त उसले
मर्न सिकेको रहेछ तर हार्न जानेन ।।

मेरो त एउटा लखन
उसका त करोडौ सन्तान भएछन्
त्यसैले त
सातादिन सम्म हविष्य बसेर
केश मुण्डन गरेर
वार्षिक पुण्य तिथिको दिन
चन्द्र सुर्य उठाउँदै
आज श्रद्धाको श्राद्ध गर्दै
पिण्ड दान गर्दै छ मेरो देश ।।

प्रतिक्रिया दिनुहोस्