Logo

लगातार तेस्रो दिन आज पनि शेयर बजार घट्यो



काठमाडौँ, १८ जेठ । लगातार तेस्रो दिन आज पानि शेयर बजार घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीको ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्