काठमाडौँ, २१ मंसिर । शेयर बजार लगातार तेस्रो दिन बुधवार पनि घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ६७ करोड रुपैयाँ र शिवम् सिमेन्टको शेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।







