Logo

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १७ माघ । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ ।

जलविद्युत् समूहबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ५९ वटा कम्पनीका ७५ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्