काठमाण्डौ, ९ फागुन । यस हप्ता शुरूदेखि नै लगातार बढेको सुनको भाउ आज हप्ताको अन्तिम दिन भने घटेको छ । आज सुनको भाउ हिजोको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ हप्ताभरकै धेरै तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । हप्ताको शुरू आइतवार र आज कारोबारको अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ ।
हप्ताको शुरूको दिन आइतवार तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँ रहेको थियो भने आज कारोबारको अन्तिम दिन तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै सोमवार तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँ, मङ्गलवार तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँ, बुधवार तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि हप्ताको अन्तिम दिन घटेको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाकाे एक हजार नौ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ हप्ताकै धेरै तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम रहेको थियो । यस हप्ताको शुरू आइतवार तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज कारोबारको अन्तिम दिन एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।
शुरूको दिन आइतवार र आज अन्तिम दिनको तुलना गर्दा चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ ।