Logo

लगातार बढ्दै सुनको भाउ



फायल तस्बिर

काठमाडौँ, २ माघ । सुनको भाउ लगातार बढेको छ ।

आज तोलामा दुई सय रुपैयाँले भाउ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ ।

आइतबार सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्