Logo

लगातार बढ्दै सुन चाँदीको भाउ



काठमाडौँ, ७ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

बिहीबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्