
काठमाडौँ, ३ कार्तिक । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।
यसअघि बिहीबार सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।