Logo

लघुवित्तिका कर्मचारी र स्थानीयबीच झडप, कर्मचारी छुटाउन प्रदर्शन



विराटनगर, २१ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङको धनपालथान–४ मा एक समूहले आफ्ना कर्मचारीमाथि भएको कुटपिटको विरोध गरेको छ ।

झापा गौरगञ्ज शाखामा कार्यरत फिल्ड कर्मचारी त्रिदेव मण्डल घर आएको बेला हाटबजार गर्ने क्रममा शनिबार स्थानीयको आक्रमणमा परेका थिए । लघुवित्त विरोधीले गरेको आक्रमणको कर्मचारीले प्रतिरक्षा गर्दा शनिबार दोहोरो झडप हो । झडपमा एक जना गर्भवती महिला परेकी थिइन् । गर्भवती महिलामाथि आतपात गरेको आरोपमा शनिबार पक्राउ परेका मण्डल र अन्य दुई जना स्थानीयलाई मोरङ प्रहरीले आइतबार छाडेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आइतबार पत्रकार सम्मेलन गरेर आक्रमणप्रति निन्दा व्यक्त गरेका छन्। उनले झुटा आरोपमा कर्मचारी पक्राउ गरिएकोब ताए । कर्मचारी पक्राउ गरेको विरोधमा लघुवित्तका सदस्यले आइतबार कर्सियामा प्रदर्शन गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले सोधपुछका लागि बोलाएको बताएका छन् । प्रहरीले उनीहरुको सुरक्षाका लागि राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्