Logo

लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको मृत्यु



भारत, १४ जेष्ठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डी मन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्