भारत, ३ भाद्र । भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । शनिबार साँझ १० जना सवार ट्रकमा रहेका अर्का एक जना घाइते भएका छन् ।
एउटा एम्बुलेन्स र एक भ्यानसहित केरी भनिने क्षेत्रतर्फ जाँदै गरेको ट्रक सडकबाट खसेको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।







